Wednesday, 26 December 2012

गजल


भर्खरै अाफूलार्इ पेाखी अाएकेा छु एक नदी किनारामा
तिमी र म बिच एउटा साँध लाएकेा छु एक नदी किनारामा

त्येा मन? बालुवाकेा हुनसक्छ, येा घर भित्र कैद
भत्किएर अाफैसँग टाढा पाएकेा छु एक नदी किनारामा

म बगिरहेछु नदी, उभिएर हेरीरहेछु अाफैलार्इ
क्षितिजमा एक मिराज टलपल छाएकेा छु एक नदी किनारामा

ढलपल गर्दैछ जुन या पानी? येा नदीमा के हुँ म अाफै?
अाफ्नै एक प्रति छाँया कतै हराएकेा छु एक नदी किनारामा


Tuesday, 25 December 2012

गजल


अधर हरेर फेरी कतै भाग्छ जीवन
भिजेका ति परेली जस्तेा लाग्छ जीवन

किन हेा येा मन दिने शरीर कस्लार्इ
हरे दैव नी झेाली थाप्दै माग्छ जीवन

हिउँ झर्दा पग्ली किन रून्छिन् ? हिमाल
लेक हुन्छु मन अेार्इली किन नाघ्छ जीवन

दुख्दै म हराउँदा अाफैसँग पनि
हजार अँाखा मिली किन दाग्छ जीवन

 (रचना मिती २०६२।७।८)



Sunday, 23 December 2012

गजल


शान्तिका यी चाह भित्र विरानेा भेा ठाउँ हाम्रेा
जहाँ तही घाउ लागी पीडा बन्येा गाउँ हाम्रेा

भेाली उठी कहाँ जाने कता लाग्ने परदेश
अाफैसँग हुँदै गयेा अपरीचित पाउँ हाम्रेा

केही छैन फरक कतै बगी जाने रगतमा
डुबीराकेा सागर माझ एउटै छ नाउ हाम्रेा

खेाजी हेरैा परीचय फरक कतै पाउने छैनैा
बल्झार्इ उही, पीडा उही, उही छ येा घाउ हाम्रेा

अास्था बाँडैा शिखरकेा दुखार्इ येा एउटै भनि
जेाडिनेछन् टुक्क्रेका मन अाशा राख्दै जाउँ हाम्रेा

(रचना मिती २०६१।८।८)

गजल

लाउँछैा जीन्दगीकेा परीभाषा छैन
गाउँछैा जीन्दगीकेा परीभाषा छैन

रित्तेा रीत्तेा नदी रित्तेा किनारहरू
धाउँछैा जीन्दगीकेा परीभाषा छैन

मेाती टिप्छु भनि जत्ति सागर डुब
पाउँछैा जीन्दगीकेा परीभाषा छैन

सानिध्यकेा अाभाष गराउन फेरी
अाउँछैा जीन्दगीकेा परीभाषा छैन

कही झरी वर्षा घाम पानीलार्इ
छाउँछैा जीन्दगीकेा परीभाषा छैन

(रचना मिती २०६१।१२।८)

Saturday, 22 December 2012

गजल



तिमीले गाउने उदास गीत हुँ म
कसैले हारेकेा नमीठेा जीत हुँ म

तान या च्यात अक्षर पखालिएकेा
तिनै चिठ्ठीकेा धमिलेा प्रित हुँ म

थामेर हत्केलामा राखेर के गर्छैा
तिम्रेा प्यास मेट्न नसक्ने सीत हुँ म

भिज्यैा, नभेटीने रित्तेा पर्खार्इ तिम्रेा
जिवन हारेकेा निर्लज्ज रीत हुँ म