Sunday 29 September 2013

गजल

भत्किएर मुटु पनि लुकिरन्छ आँखा भरि
लुकाउ भन्छु घाउहरु दुःखीरन्छ आँखा भरि

सम्झनाको बाढी पैरो धाउँछ किन तिम्रै सहर
एउटा छाँया किन सधै झुकिरन्छ आँखा भरि

खोजी हेर्छु तिम्रो तस्विर लुकाउने ऐना भित्र
मन जस्तै किन सधै चुकिरन्छ आँखा भरि

बगी जाओस् भन्छु सधै तिम्लेदेका पीडाहरु
एउटा सागर किन सधै सुकिरन्छ आँखा भरि