Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, 29 September 2013

गजल

भत्किएर मुटु पनि लुकिरन्छ आँखा भरि
लुकाउ भन्छु घाउहरु दुःखीरन्छ आँखा भरि

सम्झनाको बाढी पैरो धाउँछ किन तिम्रै सहर
एउटा छाँया किन सधै झुकिरन्छ आँखा भरि

खोजी हेर्छु तिम्रो तस्विर लुकाउने ऐना भित्र
मन जस्तै किन सधै चुकिरन्छ आँखा भरि

बगी जाओस् भन्छु सधै तिम्लेदेका पीडाहरु
एउटा सागर किन सधै सुकिरन्छ आँखा भरि

Sunday, 19 May 2013

गजल

-तेजविक्रम कार्की
कमाउने बाटो खन्न नोट माग्न आए बा
यि तिनै हैनन्? फेरी भोट माग्न आए बा

झुठा कुरा गर्नुहुन्न भन्या हैन? हजुरले
दु:ख बाड्नुपर्छ भन्दै चोट माग्न आए बा

मेची-काली दुखेकैछ सुस्ता अनि कालापानी
आधी घरै बेचिसके गोठ माग्न आए बा

यस्तैबेला मात्रै किन सन्चै? भन्दै सोध्ने गर्छन्
देखाउदै चुनाब चिन्ह अठोट माग्न आए बा

Tuesday, 14 May 2013

गजल



गजल
- तेजविक्रम कार्की
हजारौ रहरहरुको सपना रोज्दैछु म
हिडेर बगरमा पनि जिवन खोज्दैछु म

पुछेर हेर यहाँ जिवनका पलहरु यी
बगाइ आँशुले आफ्नै बिरानी छोप्दैछु म

बगेर रहर कत्ति सुसायो होला यो मन
रोपेर आशा बगरमा पसिना पोख्दैछु म

फर्केर हेर प्रिय तिम्रै खुशीको लागी
हजार सपनाहरुको भारी बोक्दैछु म

रचना मिति - २०७०।०१।३१

Wednesday, 8 May 2013

छाती भित्र प्रेमिल चोट खपि बाँचेका ति करोडैा मनहरूमा समर्पित मेरो एउटा
गजल
देखाउ भन्यौ तिम्ले देको छातीमा निल डामहरु
लिलामीमा राखीयछन् मेरा चिठ्ठी खामहरु

अलि अलि बाँकी छु की भन्थे तिम्रा रहर भित्र
विर्सिएर लेखेछौ की पराइका ति नामहरु

खोज्दै छु म भेट्छु की त तिम्लाइ यतै सहर भित्र
भन्दै कति धाएको छु मन्दिर र धामहरु

बिर्से पछी तिम्ले आज देउरालीका भेटहरु
बिर्सेको छु बसन्त र शिशीरका यामहरु

Thursday, 2 May 2013

गजल
- तेजविक्रम कार्की
मनै मनको दरबारमा पस्दा आँखाबाट फेरि
अञ्जुलीमा थाप्यौ मलाई खस्दा आँखाबाट फेरि

नटेकेको माटो आफ्नो नदेखेको बाटो भई
त्यही कतै झरेको छु फस्दा आँखाबाट फेरि

छोडियछु त्यही कतै छोडियछु आफै आज
थाहै नपाई तिम्रै छेऊ बस्दा आँखाबाट फेरि

हराउँछु भेटाउदिन छामी हेर्छु छाती रित्तो
टुक्रिजाला सम्हाल मन कस्दा आँखाबाट फेरि
रचना मिति २०६५।०४।२१

Wednesday, 26 December 2012

गजल


भर्खरै अाफूलार्इ पेाखी अाएकेा छु एक नदी किनारामा
तिमी र म बिच एउटा साँध लाएकेा छु एक नदी किनारामा

त्येा मन? बालुवाकेा हुनसक्छ, येा घर भित्र कैद
भत्किएर अाफैसँग टाढा पाएकेा छु एक नदी किनारामा

म बगिरहेछु नदी, उभिएर हेरीरहेछु अाफैलार्इ
क्षितिजमा एक मिराज टलपल छाएकेा छु एक नदी किनारामा

ढलपल गर्दैछ जुन या पानी? येा नदीमा के हुँ म अाफै?
अाफ्नै एक प्रति छाँया कतै हराएकेा छु एक नदी किनारामा


Tuesday, 25 December 2012

गजल


अधर हरेर फेरी कतै भाग्छ जीवन
भिजेका ति परेली जस्तेा लाग्छ जीवन

किन हेा येा मन दिने शरीर कस्लार्इ
हरे दैव नी झेाली थाप्दै माग्छ जीवन

हिउँ झर्दा पग्ली किन रून्छिन् ? हिमाल
लेक हुन्छु मन अेार्इली किन नाघ्छ जीवन

दुख्दै म हराउँदा अाफैसँग पनि
हजार अँाखा मिली किन दाग्छ जीवन

 (रचना मिती २०६२।७।८)