Sunday 19 May 2013

गजल

-तेजविक्रम कार्की
कमाउने बाटो खन्न नोट माग्न आए बा
यि तिनै हैनन्? फेरी भोट माग्न आए बा

झुठा कुरा गर्नुहुन्न भन्या हैन? हजुरले
दु:ख बाड्नुपर्छ भन्दै चोट माग्न आए बा

मेची-काली दुखेकैछ सुस्ता अनि कालापानी
आधी घरै बेचिसके गोठ माग्न आए बा

यस्तैबेला मात्रै किन सन्चै? भन्दै सोध्ने गर्छन्
देखाउदै चुनाब चिन्ह अठोट माग्न आए बा

No comments:

Post a Comment