Sunday, 19 May 2013
Tuesday, 14 May 2013
गजल
गजल
- तेजविक्रम कार्की
हजारौ रहरहरुको सपना रोज्दैछु म
हिडेर बगरमा पनि जिवन खोज्दैछु म
पुछेर हेर यहाँ जिवनका पलहरु यी
बगाइ आँशुले आफ्नै बिरानी छोप्दैछु म
बगेर रहर कत्ति सुसायो होला यो मन
रोपेर आशा बगरमा पसिना पोख्दैछु म
फर्केर हेर प्रिय तिम्रै खुशीको लागी
हजार सपनाहरुको भारी बोक्दैछु म
रचना मिति - २०७०।०१।३१
Wednesday, 8 May 2013
छाती भित्र प्रेमिल चोट खपि बाँचेका ति करोडैा मनहरूमा समर्पित मेरो एउटा
गजल
गजल
देखाउ भन्यौ तिम्ले देको छातीमा निल डामहरु
लिलामीमा राखीयछन् मेरा चिठ्ठी खामहरु
अलि अलि बाँकी छु की भन्थे तिम्रा रहर भित्र
विर्सिएर लेखेछौ की पराइका ति नामहरु
खोज्दै छु म भेट्छु की त तिम्लाइ यतै सहर भित्र
भन्दै कति धाएको छु मन्दिर र धामहरु
बिर्से पछी तिम्ले आज देउरालीका भेटहरु
बिर्सेको छु बसन्त र शिशीरका यामहरु
लिलामीमा राखीयछन् मेरा चिठ्ठी खामहरु
अलि अलि बाँकी छु की भन्थे तिम्रा रहर भित्र
विर्सिएर लेखेछौ की पराइका ति नामहरु
खोज्दै छु म भेट्छु की त तिम्लाइ यतै सहर भित्र
भन्दै कति धाएको छु मन्दिर र धामहरु
बिर्से पछी तिम्ले आज देउरालीका भेटहरु
बिर्सेको छु बसन्त र शिशीरका यामहरु
Monday, 6 May 2013
'हरायका ति लाखौ गुमनाम जिन्दगीहरूमा समर्पित'
- मेरो यो एउटा कविता
'तिमी हराय पछी'
- तेजविक्रम कार्की
सम्झनाका धेरै धेरै
पलहरू जोडिएर
एउटा नदी बगीदिन्छ हृदयमा
एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू
म बेगले उर्लिदिन्छु
बेहिसाब
तिम्रो मनको डोबै डोब
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
सडक किनारका ति निला फूलहरू
उसैगरी फुल्दै छन्
त्यो रुख मुनि
उभिएको एउटा आभा
अझै उसै गरी पर्खिए झै लाग्छ
बतासको मिठो सुस्केरासँगै
तिम्रो पछ्यौरीको सुगन्ध
वारी
किनार नाघिरहेको मन
अझै उसै गरी छोएर गए झै लाग्छ
पर बादल छुने गरी उडेका पंक्षीहरू झै
म उडेर तिमी सम्म पुग्न सक्छु सक्दिन ?
जीवनको यो गोरेटो हिडेर
तिमीलाई भेट्न सक्छु सक्दिन ?
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
छामी हेर्छु यो छाती भित्र
मेरो भन्नु यै ढुक ढुकी पनि किन हराएको होला ?
बतासीएर वेगले हावासँगै
त्यो पछ्यौरी बादलुको
कुन देश पुग्यो होला ?
खोलाको किनारै किनार हिडे भने
नदीसँग सँगै म विलिन हुने
मेरो आफ्नै समुन्द्र होला की नहोला ?
मैले विसाएर भारी यो जिवनको
निदाएर तिम्रै काखमा
एकै छिन सुस्केरा मार्ने
त्यो चौतारी
झरीसँगै बगेर
कहाँ पुग्यो होला ?
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला?
बुझेको छु अध्यारै नहुने भए
यति विघ्न मोह
उज्यालोको कहाँ हुन्थ्यो होला र?
बग्दै नबग्ने भए आँशुको
कहाँ कुनै मोल हुन्थ्यो होला र ?
पानी भएको भए सायद
मरुभुमिको तिर्खा कस्ले सम्झिने थिए र ?
जवाफ निस्कने भए
जिन्दगीकै पनि हिसाब किताब
कस्ले गर्थ्यो र ?
फेरी पनि आज बेहिसाब
बगेर जिन्दगीमा
बेगले उर्लिरहेकै छु
तिम्रो मनको डोबै डोब
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरूमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ?
Thursday, 2 May 2013
गजल
- तेजविक्रम कार्की
मनै मनको दरबारमा पस्दा आँखाबाट फेरि
अञ्जुलीमा थाप्यौ मलाई खस्दा आँखाबाट फेरि
नटेकेको माटो आफ्नो नदेखेको बाटो भई
त्यही कतै झरेको छु फस्दा आँखाबाट फेरि
छोडियछु त्यही कतै छोडियछु आफै आज
थाहै नपाई तिम्रै छेऊ बस्दा आँखाबाट फेरि
हराउँछु भेटाउदिन छामी हेर्छु छाती रित्तो
टुक्रिजाला सम्हाल मन कस्दा आँखाबाट फेरि
रचना मिति २०६५।०४।२१
गजल
- तेजविक्रम कार्की
मनै मनको दरबारमा पस्दा आँखाबाट फेरि
अञ्जुलीमा थाप्यौ मलाई खस्दा आँखाबाट फेरि
नटेकेको माटो आफ्नो नदेखेको बाटो भई
त्यही कतै झरेको छु फस्दा आँखाबाट फेरि
छोडियछु त्यही कतै छोडियछु आफै आज
थाहै नपाई तिम्रै छेऊ बस्दा आँखाबाट फेरि
हराउँछु भेटाउदिन छामी हेर्छु छाती रित्तो
टुक्रिजाला सम्हाल मन कस्दा आँखाबाट फेरि
रचना मिति २०६५।०४।२१
- तेजविक्रम कार्की
मनै मनको दरबारमा पस्दा आँखाबाट फेरि
अञ्जुलीमा थाप्यौ मलाई खस्दा आँखाबाट फेरि
नटेकेको माटो आफ्नो नदेखेको बाटो भई
त्यही कतै झरेको छु फस्दा आँखाबाट फेरि
छोडियछु त्यही कतै छोडियछु आफै आज
थाहै नपाई तिम्रै छेऊ बस्दा आँखाबाट फेरि
हराउँछु भेटाउदिन छामी हेर्छु छाती रित्तो
टुक्रिजाला सम्हाल मन कस्दा आँखाबाट फेरि
रचना मिति २०६५।०४।२१
Subscribe to:
Posts (Atom)